शीर्ष स्थान कसको ? भारत कि अस्ट्रेलिया ?

शनिबार, असार २१, २०७६



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार लिग चरणको खेल सकिनेछ  । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ ।

त्यस्तै दोस्रो  खेल भने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ ।

आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ । भारत १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । भारतले ६ जित र एक हारको नतिजा निकालेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यदि अस्ट्रेलिया पराजित भएमा र भारतले श्रीलंकालाई हराएमा भारत तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

पहिलो खेलमा भारत पराजित र दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको अवस्थामा भने समीकरणमा कुनै फरक पर्ने छैन ।

श्रीलंका र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले आजको खेल लिग चरणको शीर्ष स्थान ओगट्नका लागि भारत र अस्ट्रेलियालाई महत्त्वपूर्ण छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank