नेपालद्वारा स्कटल्याण्डसामु १ सय ५० रनको लक्ष्य पेश

बिहिबार, फाल्गुन २४, २०७४



काठमाडौं । नेपालले स्कटल्याण्डसामु १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४७ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ४९ रन बनायो । स्कटल्याण्डले केहीवेरमा व्याटिङ गर्नेछ ।

प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।

तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सहज पक्कै पनि हुनेछैन । प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा स्कटल्याण्डले अफगानिस्तान र हङकङ्लाई पराजित गरेको थियो । आजको खेल जित्दै स्कटल्याण्ड पनि सुपर सिक्सको यात्रा निश्चित गर्न चाहन्छ ।

नेपालले समुहको तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा अन्तिम खेलमा हङकङ्को सामना गर्नेछ । बाँकी रहेका सबै तीन खेल जितेको खण्डमा सुपर सिक्समा नेपालको यात्रा निश्चित हुनेछ ।

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank