‘क्रिकेट कुम्भमेला’को टिकट मूल्य ८ हजार देखि ३० हजार रुपैयाँ सम्म

बिहिबार, जेष्ठ १६, २०७६



एजेन्सी । १२ औं संस्करणको विश्वकप क्रिकेट  आज (बिहीबार) बाट शुरु हुँदै छ । इंग्ल्याण्डमा र वेल्समा आयोजना हुने प्रतियोगिताको क्रिकेट समर्थकहरुले ‘क्रिकेट कुम्भमेला’को रुपमा निकै चासो पुर्वक लिएका छन् ।

क्रिकेट जगतको कुम्भमेलालाई प्रत्यक्ष रुपमा देख्ने सबैको चाहना हुन्छ । स्टेडियममा नै पुगेर क्रिकेट हेर्ने चाहना समर्थकहरुको  हुन्छ नै । क्रिकेट समर्थकहरुले यसका लागि टिकटहरु बुक पनि गरिसकेका छन् । यसैबीच इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेलको लागि पनि टिकटहरु बुक भइसकेका छन् ।

 ३० देखि जुलाई १४ सम्म चल्ने विश्वकपमा ४८ वटा खेल हुनेछन् । विश्वकपको उद्घाटन खेलको टिकट मूल्य कति होला भन्ने पनि चासोको विषय बनेको छ ।

लन्डनस्थित दि ओभलमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलको टिकट मूल्य ७० देखि २ सय ३५ युरो अर्थात ८ हजार ७०० देखि ३० हजार रुपैयाँ सम्मको रहेको छ ।

विश्वकपका अहिलेसम्मका विजेता :

क्रिकेट कुम्भमेलाले आफ्नो एघारौँ  संस्करण समापन गरि बार्हौ संस्करणमा आइपुगेको छ । अहिलेसम्म  आउँदा  अस्ट्रेलियाले धेरै पटक विश्वकप जित्ने राष्ट्र बनेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी कुल ५ पटक विश्वकप जितेको छ ।

त्यस्तै भारत र वेस्टइन्डिजले २-२ पटक विश्वकप जितेका छन् । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो भने वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा गरी एक एक पटक विश्वकप जितेका छन् ।

क्रिकेटको जननी मानिने इङल्याण्डले भने अहिलेसम्म विश्वकप जित्न सकेको छैन । इङल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा उपविजेता बनेको थियो ।

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई सबै भन्दा अभागी टिमको रुपमा लिइन्छ । दक्षिण अफ्रिका अहिलेसम्म ४ पटक विश्वकपको सेमी फाइनलमा पुगेर पनि फाइनलमा पुग्न असफल भएको छ । दक्षिण अफ्रिका सन् १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो ।

त्यस्तै न्युजील्याण्ड एक पटक गत विश्वकपमा फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।

विश्वकपको इतिहासमा पहिलो पटक केन्याले सबैलाई आश्चर्यमा पार्दै सेमिफाइनलसम्म पुगेको थियो ।

त्यस्तै अहिलेसम्म जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, क्यानाडा, नेदरल्याण्ड, स्कटल्याण्ड, युएई, अमेरिका, अफगानिस्तान, बर्मुडा, इस्ट अफ्रीका र नामिबिया विश्वकप खेलिसकेका छन् ।

क्रिकेट विश्वकपमा अस्ट्रेलियाको दबदबा 

यसअघि ११औ पटक सम्पन्न विश्वकपमा अस्ट्रेलियाको एकतर्फी दबदबा देखिएको छ ।

अस्ट्रेलियाले अहिलेसम्म कुल ५ पटक विश्वकप क्रिकेटको उपाधि जित्दै सबै भन्दा धेरै पटक विश्वकप क्रिकेटको उपाधि जित्ने देश रहेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी कुल ५ पटक विश्वकप जितेको छ ।

अहिलेसम्म भएका सबै ११ विश्वकपमा भाग लिदै अस्ट्रेलिया ७ पटक फाइनलसम्म पुगेको थियो । जसमा ५ पटक विजेता बन्न सफल भयो । अस्ट्रेलिया पहिलो विश्वकपमा वेस्टइन्डिजसँग र सन् १९९६ को विश्वकपमा श्रीलंकासँग पराजित हुदै उपविजेता बनेको थियो ।

साथै अस्ट्रेलिया विश्वकपमा अहिलेसम्म धेरै खेल जित्ने टिम पनि हो । अस्ट्रेलियाले अहिलेसम्म विश्वकपमा खेलेका कुल ८४ खेलमा ६२ खेल जितेको छ भने २० खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

विश्वकपमा अस्ट्रेलियापछि सफल टिम भारत रहेको छ । दुई पटक विश्वकप जितेको भारतले विश्वकपमा अहिलेसम्म कुल ७५ खेल खेल्दै ४६ जित हासिल गरेको छ भने २७ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

त्यस्तै दुई पटक विश्वकप जितेको वेस्टइन्डिजले विश्वकपमा अहिलेसम्म खेलेका ७१ खेलमा ४१ खेलमा जित हासिल गरेको छ भने २९ खेलमा हार बेहोरेको छ । जबकी एक खेल कुनै नतिजा बिना सकिएको छ ।

त्यस्तै एक पटक विश्वकप जितेको पाकिस्तान विश्वकपमा चौथो सफल टिमको रुपमा हेर्न सकिन्छ । पाकिस्तानले विश्वकपमा खेलेका अहिलेसम्मका ७१ खेलमा ४० मा खेलमा जित र २९ खेलमा हार बेहोरेको छ । त्यस्तै दुई खेल बिना नतिजा सकिएका छन् ।

त्यसै गरि सन् १९९६ को विश्वकप विजेता श्रीलंका विश्वकपमा सफल देशको सुचिमा पाँचौ स्थानमा रहेको छ । श्रीलंकाले विश्वकपमा अहिलेसम्म खेलेका ७३ खेलमा ३५ खेलमा जित हासिल गरेको छ भने ३५ खेलमा नै हार बेहोरेको छ । जबकी एक खेल बराबरी र दुई खेलको कुनै नतिजा नआइ सकिएका छन् ।

साथै अस्ट्रेलियाले विश्वकपमा सन् १९९९ देखि २०११ सम्म लगातार २७ खेलमा जित हासिल गर्दै रेकर्ड बनाएको छ । त्यस्तै विश्वकप क्रिकेटमा धेरै विकेट लिने खेलाडी पनि

अस्ट्रेलियाका ग्लेन म्याग्रा हुन् । उनले क्रिकेट विश्वकपमा ७१ विकेट लिएका छन् । त्यस्तै एकै विश्वकपमा धेरै विकेट लिने रेकर्डपनि अहिलेसम्म म्याग्राकै नाममा रहेको छ । म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकेट लिएका थिए ।

त्यस्तै विश्वकपका खेल धेरै खेल्ने रेकर्ड पनि अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङको नाममा रहेको छ । उनले विश्वकपमा ४६ खेल खेल्दै यस्तो रेकर्ड बनाएका छन् ।

साथै धेरै पटक विश्वकप जित्ने खेलाडीमा पनि रिक्की पोन्टिङ, एडम गिलक्रिष्ट र ग्लेन म्याग्रा रहेका छन् । उनीहरुले सन् १९९९, २००३ र २००७ मा खेलाडीको रुपमा विश्वकप जितेका थिए ।

यस विश्वकपमा पनि अस्ट्रेलियालाई प्रमुख दाबेदार मध्ये एक मानिएको छ । आगामी ३० मे देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपमा अस्ट्रेलिया एरोन फिन्चको कप्तानीमा खेल्दै छ ।

यस टिममा एक बर्षे प्रतिबन्ध सकिएका पुर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरको पुनरागमनले अस्ट्रेलियालाई प्रमुख दाबेदार बनाएको छ ।

अस्ट्रेलियन टिममा एरोन फिन्च (कप्तान), उसमान ख्वाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, शन मार्श, ग्लेन म्याक्स वेल, मार्कस स्टोइनिस, एलेक्स करेय, पाट कमिन्स, मिचेल स्टार्क, झय रिचार्ड्सन, नाथन कल्टर निल, जासन बेहरेनड्रोफ, नाथन लियोन र एडम जाम्पा रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata