बंगलादेशको विजयी सुरुवात

सोमवार, जेष्ठ २०, २०७६



एजेन्सी ।  आइतबार राति लण्डनमा भएको खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । बंगलादेशले दक्षिण अफ्रिकामाथि २१ रनको जित हासिल गर्यो ।

बंगालादेशले दिएको ३३१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ३ सय ९ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाएपनि जित दिलाउन पर्याप्त भएन । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५–४५ रन, रसिइ भान डेर डुसेनले ४१ र डेभिड मिलरले ३८ रन बनाए ।

बलियो दक्षिण अफ्रिकालाई हराउने क्रममा बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन र मोहम्मद सइफुदिनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिक्युर रहिमले ७८, शकिब अल हसनले ७५, मोहमुदुल्लाहले ४६, सौम्या सरकारले ४२, मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।

बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २–२ विकेट लिए । यो सँगै दक्षिण अफ्रिकाले लगातार दोस्रो हार बेहोरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank