अफगानिस्तान ७ विकेटको पराजित

आइतवार, जेष्ठ १९, २०७६



एजेन्सी । विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया  विरुद्द अफगानिस्तानले ७ विकेटको हार व्यहोरेको छ । अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य मात्र ३ विकेट गुमाउँदै ९१ बल बाँकी रहँदै अष्ट्रेलिया पुरा गरि  विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले ३८ दशमलब २ ओभरमा २ सय ८ रन बनाउन सफल भयो  । अफानिस्तानकालागि नजिबुल्लाह जदरानले सर्वाधिक ५१ रन बनाए । रहमत शाहले ४३ रनको योगदान गरे भने कप्तान गुलबादिन नाइब ३१ र राशिद खानले २७ रन बनाए ।

अष्ट्रेलियाका प्याट कुमिन्स र एडम जाम्पाले समान ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए भने मिचेल स्टारकले १ विकेट लिए ।

२ सय ९ रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३४ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो । अष्ट्रेलियाको पहिलो विकेटकालागि ९६ रनको साझेदारी गर्दै प्रारम्भिक व्याट्म्यान द्वय एरोन फिन्च र डेविड वार्नरले क्रमश ६६ र ८९ रन बनाए । बल टेम्परिङको आरोपमा भएको निलम्बन फुकुवा पछि पहिलो पटक खेलेका वार्नर नट आउट रहे । उस्मान ख्वाजा र स्टिभ स्मिथले क्रमशः १५ र १८ रन बनाए भने ग्लेन म्याक्सले ४ रनमा नटआउट रहे ।

अफगानिस्तानकालागि मुजिब रहमान, गुलबादिन नाइव र राशिद खानले एक एक विकेट लिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata