नेपालीसँग भएका हजार र पाँच सय भारु साटिने, यस्तो हुँदैछ व्यवस्था

सोमवार, पुस १८, २०७३

loading...

- भगवान खड्का



भारतमा भारु साटिने समय सकियो अब नेपालीसँग भएका भारु पनि कागज हुने भए । यो खबरको पछि लागेर चिन्ता नलिए हुन्छ । किनकी तपाईसँग भएको भएको भारतीय रु १००० र रु ५०० का नोट साटिने भएको छ ।

नयाँ ब्यवस्था अनुसार नेपालीसँग भएका रुपियाँ साट्न दिने गरि भारतले ब्यवस्था गर्न लागेको छ । नेपालीसँग भएको औपचारीक र अनौपचारीक भारतीय रुपियाँको तथ्याङ्क पठाइसकेको र भारतले छुुट्टै व्यवस्था गरेर नेपालीसँग भएको रुपियाँ साट्न नेपाल राष्ट्रबैंकले नै नितृत्व लिनेगरि विशेष व्यवस्था गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली नेपाल पठाउन लागेको छ । जनवरी दोस्रो सातासम्म आउने तयारी गरिरहेको त्यो टोलीले राष्ट्र बैंकका उच्चअधिकारी र राजनीति तहमा छलफल गरेर निर्णयमा पुुग्नेछ । 

भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा शनिबार सकिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भारतले विशेष व्यवस्था गरेर भारतीय रुपियाँ साट्न दिने व्यवस्था गर्न लागेको जानकारी दिए ।
नेपालमा लागुभएको व्यवस्था अनुसार नै भुटानमा रहेका पैसा पनि साटिने भारतीय अधिकारीहरुले बताएको पौडेलले बताए  ।

‘भारतीय अधिकारीहरूले नेपालीसँग भएको पैसा साटीनेमा ढुक्क रहन भनेका छन’ प्रवक्ता पौडेलले नेपालपाटीसँग भने नेपाल र नेपालीसँग भएको भारतीय रुपियाँ साटिनेमा हामी ढुुक्क छौ तर कहिले कसरी र कति साट्ने भन्नेमा भारतको आधिकारीक धारणा कुर्नै पर्छ । ’

कानुनले तोके अनुसार २५ हजारसम्म मात्रै साट्न दिने पनि सम्भावना छ ।  स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली नेपाल पठाउन लागेको छ । जनवरी दोस्रो सातासम्म आउने तयारी गरिरहेको त्यो टोलीले राष्ट्र बैंकका उच्चअधिकारी र राजनीति तहमा छलफल गरेर निर्णयमा पुुग्नेछ ।

राष्ट्रबैंकका अधिकारहिरका अनुसार नेपालीसँगको भएको रुपियाँ साट्ने माध्यम, साट्ने समय र नेपालीमा भारतीय रुपियाँ साट्न दिदा भारतका नागरिक नआउन भन्नेमा आश्वस्त हुन चाहेको छ । बैंक खातामा जम्मा गर्ने र बैंक मार्फत नै पैसा साट्न मिलाउने गरि तयारी भइरहेको छ ।

भारतीय रुपियाँ साट्न दिने समयका विषयमा पनि छलफल भइरहेको प्रवक्ता पौडेलले बताए । खुला सिमानाका कारण भारतबाट साट्न बाँकी रहेका अवैध भारु नेपाल प्रवेश गर्नेमा भारत शसंकित देखिएको छ ।

भारतले नेपाल राष्ट्र बैंकलाई दिने भारतीय रुपैयाँमा समेत कमी गरेकाले नेपालमा भारुको अभाव भएको छ, जसले गर्दा औषधि उपचार तथा अन्य प्रयोजनका लागि भारत आउने नेपाली नागरिक प्रभावित भएका छन् ।

813 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom