सय माथिका भारु नोटमा प्रतिबन्ध

शुक्रबार, मंसिर २८, २०७५



काठमाडौं । सरकारले एक सय भन्दा माथिका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले सात करोड भारु साट्नका लागि पटक पटक आग्रह गर्दा पनि भारत सरकारले वेवस्था गरेपछि भारतीय नोट माथि प्रतिबन्ध लगाउनु परेको जनाएको छ ।

नेपालमा भारतीय एक सय र त्यो भन्दा तलका नोट मात्रै प्रयोग गर्न पाइने सरकारले जनाएको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भारतीय दुई सय र  दुई हजार दरका नोटहरु माथि प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

 विगत लामाे समय देखी भारतीय रुपैया विना राेक टाेक नेपाली बजारमा चलनचल्तीमा रहँदै अाएकाे थियाे । पाँच सय र एक हजार दरका नाेटलार्इ  २५ महिना अघि भारतीय सरकारले नाेटबन्दी गर्दै दुर्इ हजार दरका नाेट प्रचलनमा ल्याएकाे थियाे । वि.स. २०७३ कात्र्तिक अन्तिम साताबाट नेपालमा पाँच सय र एक हजारदरका नोट बन्देज गरिएको थियो ।

311 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank