नेपाल प्रहरीको ‘मोष्ट वाण्टेड’ ग्रीसमा पक्राउपछि रिहा

बिहिबार, साउन १२, २०७४

loading...


काठमाठौको एक घरमा वन्यजन्तुका अंगहरुसहित विभिन्न सामाग्रीसहित नेपाली नागरिक पक्राउ परे ९ बर्ष अघि । ती नागरिक थिए राजेश महर्जन ।  उनकै सहयोगमा नेपालमा रहेका बाघ भालु तथा अन्य वन्यजन्तुका छाला हड्डी सिंङ संकलन भएको थियो । नेशनल जियोग्राफीमा कार्यरत एक पत्रकार इयान बेकरले महर्जनलाई प्रयोग गरी ती सबै सामाग्री संकलन गरे । गाउँ गाउँबाट बन्यजन्तुका सामानहरु खरिद गरिने नक्सालस्थित एक घरमा संकलन हुन थाले । नेपाल प्रहरीको अपराध महाशाखालाई यो विषयमा कसैले सूचना दियो र उसले सुक्ष्म अनुसन्धान गर्न थाल्यो ।

तत्कालिन समयमा महाशाखामा उपेन्द्रकान्त अर्याल प्रमुख थिए उनका सहयोगीहरु हालका प्रस्तावित एआइजी देवेन्द्र सुवेदी र हाल सिआइवीमा निमित्त प्रमुख रहेका एसएसपी शेरबहादुर बस्नेत । यी तीन जनाको समूहले अनुसन्धान गर्दे जाँदा इयान बेकर त्यसको मूख्य व्यक्ति पत्ता लाग्यो तर अनुसन्धान सक्दा उनी अमेरिका पुगिसकेका थिए । त्यसपछि उनी नेपाल तथा भारतको अरुणाचल र भूटान इण्डोनेसिया घुम्दै बसे । पछिल्लो समय उनी ग्रीस पुगेका थिए ।
हाल उनी ग्रीसमा केही दिन अघि पक्राउ परे तर लगत्तै हिरासतमुक्त भए । वन्यजन्तुका कुख्यात बन्यजन्तु तस्कर इयान बेकर पक्राउपछि नेपाल सरकार तथा प्रहरी प्रधान कार्यालयले खुशी त व्यक्त गर्यो तर नेपाल ल्याउन सक्ने अवस्था भने रहेको छैन । ग्रीसको राजधानी एथेन्समा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरको भएपनि कानुनी समस्याका कारण नेपाल ल्याउन कठिनाई भएको छ । ग्रीससँग सुपुर्दगी सन्धी नभएका कारण उनलाई नेपाल ल्याउन कठिन हुने बताइको मात्र छैन उनलाई निर्दोष सावित गर्न उनका कानुनी सल्लाहकारहरुले प्रयास गरिरहेका छन् जसको परिणाम उनी ग्रीस छाड्न नपाउने गरी हिरासतमुक्त गरिएको छ ।

के के बरामद भए ?
tiger_skinग्रीसमा पनि त्यहाँको प्रहरीले तीनवटा बाघको छाला फेला पारेको तर त्यो घरधनीको भएको दाबी गरे । यता नेपालको जिल्ला वन कार्यालय, काठमाडौंमा रहेको बेकरको मिसिलमा उनको डेराबाट बरामद सामग्रीको संख्या सय बढी छ । उनको टेबलकुर्सी, सोफा, बगैंचा, भान्सा र बेडरुम दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक सामग्रीले भरिएका थिए । कतिसम्म सौखिन थिए भने डाइनिङ टेबलमा बाघको छाला थियो । ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी थियो ।

सोफामा चितुवाको छालाको चकटी, बैठक कोठामा सिङ नंग्रा, हड्डी र खप्पर थिए । उनको लुगाफाटो वन्यजन्तुकै अंगबाट बनेका थिए । ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्यांकेट, बाकसको कभर, दाप बाघ वा चितुवाको छालाले बेरिएको थियो । उनको नक्साल र बालुवाटारमा रहेको डेराबाट सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु लगायत पुरातात्विक सामग्री फेला परेका थिए । प्रहरीले यिनै समाग्रीहरुको आधारमा मुद्धा चलाएको थियो ।

रेडकर्नर नोटिस
नेपाल प्रहरीले २००८ मा जारी गराएको रेडकर्नर नोटिसविरुद्ध बेकरले इन्टरपोल मुख्यालयमा उजुरी दिएका थिए । उनले नेपाल प्रहरीले झुठो विवरणमा आफूविरुद्ध नोटिस जारी गराएको भन्दै मुद्दा हालेपछि केही समय उनको रेडकर्नर नोटिस निस्त्र्किय भएको थियो । भुटानबाट आएको पासपोर्टको आधारमा प्रहरीले बेकरको पूरा नाम, उनको बाबुको नाम, पासपोर्ट नम्बर र ठेगाना खुलाएर सन् २०१५ मा पुनः रेडर्कनर नोटिसका लागि इन्टरपोललाई आग्रह गरेपछि सो नोटिस जारी भएको थियो । नेपालले अन्र्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा रेडकर्नर नोटिस जारी गर्यो ।

तर अचम्म के भने उनी भूटानमा बसेर ट्राभल एजेन्सीको काम गर्दे आए । रहेकै बेला इन्टरपोलले उनको रेडकर्नर नोटिस सस्पेन्समा गरेको थियो त्यसकारण पनि उनले आफू निर्दोश भएको दावी गर्दे आएको त्यहाबाट प्रकासित हुने अनलाइन संस्करणले जनाएको छ । उनी पक्राउ परेपछि प्रहरी प्रधानकार्यालयले ग्रीस प्रहरीलाई नेपालमा रहेको उनको मुद्धाको विवरण पठाइसकेको छ । सो विवरण पाएपछि त्यहाका कानुन व्यवशायीले नेपालको पुरानो कानुन अनुसार मुद्धा चलाइएको र हाल नयाँ संविधान लागु भएपछि पक्राउ गर्नुपर्ने आधार नभएको भन्दै वेकरको बचाउ गर्न थालेको स्रोतले दावी गरेको छ ।

गत बर्ष इन्टरपोल मूख्यालयले उनको सो नोटिसलाई नेपालले गरेको अनुसन्धानमाथि प्रश्न उठाउदै सस्पेन्समा राखेको हो । आफूले बन्य जन्तुका कुनैपनि अंगहरु तस्करी नगरेको जनाउदै २४ अगष्ट २०१६ मा इन्टरपोल मुख्यालयमा दिएको पुर्नविचार सम्बन्धी निवेदनलाई सुनुवाइ गर्दे नेपाल प्रहरीलाइ पुन अनुसन्धान गर्न समेत भनेको थियो । इन्टरपोल मूख्यालयले आफ्नोे वेभसाइटबाट उनको तस्वीर र मुद्धाको विवरण हटाएपनि नेपाल प्रहरीले भने

आफ्नो वेभ साइटमा
नेपाल प्रहरीले इयानलाई पक्राउ गर्न अन्र्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरनसेनल पुलिस कर्पोरेसन) इन्टरपोललाई नोटिस दिइसकिएको मात्र होइन पटक–पटक अनुरोध पनि गरिएको थियो ।

बर्षोसम्म नेपालमा घुमघाम
वन्यजन्तु तथा वातावरणको क्षेत्रमा जसले धेरै वर्ष नेपालमा बिताए, तिनै व्यक्ति इयान हुन् जसलाई नेपाल प्रहरीले सर्वा्िधक खोजीको सूचीमा राखेको थियो । इन्टरपोलबाट समेत रेडकर्नर नोटिस जारी गरिएका उनी नेपालकै सीमा र विदेशी भूमिमा निर्वाध घुमिरहेको भएपनि पक्राउ पर्न सकेको थिएनन । उनले दुई वर्षअघि भारतको अरुणाचल प्रदेश र तिब्बतको मानसरोवरसम्म यात्रा गरेको सामाजिक सञ्जाल फेसबुकले देखाउँछ ।

प्रहरीले २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामाग्री बरामद गरेको थियो । ती सामान बरामद हुँदा भने उनी भागिसकेका थिए । बरामद भएका सामाग्रीमा बाघ, हिउँचितुवा, चितुवा, हाबे्र, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नङ्ग्रा र खप्पर थिए । सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मुर्ती, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए । जुन अहिलेसम्म एकै व्यक्तिबाट बरामद भएको ठूलो परिमाण हो ।

प्रहरी प्रधानकार्यालय नजिकै अखडा
प्रहरी प्रधानकार्यालय नजिकै रहेको एक घरमा उनले ती समान संकलन गरेर राखेका थिए । अमेरिकी नागरिक इयान बेकर दुई जना सहयोगी राजेश महर्जन र निर्मला रानामगरसँग नक्सालको एउटा भव्य घरमा बस्थे । सहयोगी महर्जनले बालुवाटारस्थित घरमा अवैध वस्तु राखेको सूचना दिएकै आधारमा प्रहरी अपरेसन सुरु भएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले उनी बसेको नक्साल, सम–मार्ग घर नम्बर ८०७ मा छापा मार्दा उनी फरार भइसकेका थिए । भव्य महलको माथिल्लो तलामा अमेरिकी नागरिक इयान बेकर दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्विक सामग्री राखेर चितुवाको छालाले बनेको ओछयानमा सुत्थे । त्यो पनि चितुवाको छालाले बनेको सिरानीसहित । सोफामा चितुवाकै छालाबाट बनेका चकटी थिए । बैठक कोठामा त भण्डारै थियो, सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्म । घरका लुगाफाटो पनि जम्मै वन्यजन्तुकै अंगबाट बनेका थिए । बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्याङ्केट, बाकस, दाप, मालासमेत प्रहरीले फेला पारेको थियो । बेकरले यस्तै सानसौकतका साथ प्रहरी–प्रशासनको उच्च ओहोदाका पदाधिकारी रिझाएर झन्डै २४ वर्ष नेपालमा बिताए ।

सुइँको महर्जनबाटै
बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटोपहार र पुरातात्विक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐन अनुसार अपराध गरिरहेका छन् भन्ने सुइँको राजेश महर्जनलाई पक्राउ गरेपछि मात्रै पत्ता लागेको थियो । प्रहरीले यिनै ऐन प्रयोग गर्दै २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सम्पूर्ण सामान नियन्त्रणमा लियो, बेकर भने उम्किन सफल भए । त्यतिबेला हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामाग्री बरामद गरेको थियो । उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ ।

नेपाल प्रहरी र इन्टरपोलले ‘अवैध वन्यजन्तुका अंग’ संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्न नोटिस जारी गरेको थियो । तत्कालिन डीएसपी शेरबहादुर बस्नेत नेतृत्वको टोलीले २३ वर्षीय महर्जनलाई २०६५ जेठ ४ गते बालुवाटारबाट पक्राउ गरेपछि उनीसँग आखेटोपहार र पुरातात्विक गरी ६५ थान अवैध वस्तु फेला पा¥यो । महजर्नले ती वस्तु बेकरका लागि संकलन गरेको र मुख्य व्यक्ति उनै भएको बयान दिए । बेकर बसेको नक्सालस्थित घरको पहिलो तलामा छापा मारिएको थियो ।

बेकर फरार भए पनि उनले आफना सहयोगी महर्जनलाई छुटाउने कोसिस गरेका थिए । अनुसन्धानमा संलग्न रहेका एक प्रहरी अधिकृतका अनुसार उनले न्युयोर्कबाटै अर्का सहयोगी मार्फत प्रहरीको माथिल्लो तहमा सम्पर्क गरी ‘बरामद सबै वस्तु आफैंले संकलन गरेको’ स्वीकार गरेका थिए । वन्यजन्तु ऐनले वन्यजन्तु घरमा पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्विक वस्तु राख्न निषेध गरेको छ । प्रहरीले यही ऐनलाई प्रयोग गरेर उनको घरमा भएको सामान बरामद गरेको थियो भने उनको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । उनका विरुद्ध नेपाल प्रहरीले सेप्टेम्बर २००८ मा रेडकर्नर नोटिस जारी गरेको थियो । उनले तिब्बतबारे सात पुस्तक लेखेका छन् ।

‘नेसनल जियोग्राफी च्यानलसँग आबद्ध बेकर थाइल्यान्डबाट ‘रेअरजर्नी डटकम’ नामक वेबसाइट चलाइरहेका छन । उनले आफनो व्यक्तिगत प्रोफाइलमा रेअरजर्नीको डाइरेक्टरका रुपमा आफूलाई प्रस्तुत गरेका छन । सांस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरिरहेको वेबसाइटमै उल्लेख छ ।

सुपर्दगीसन्धी बाधक
बेकर पक्राउ पछि सबै विवरण पठाएको नेपाल प्रहरीले उनलाई नेपाल ल्याउन सुपुदगी सन्धी बाधक रहेको जनाएको छ । ग्रिस र नेपालबिच सुपुर्दगी सन्धी नहुनु र बेकर नेपाली नभई अमेरिकी नागरिक हुनु उनलाई नेपाल ल्याउने नसकिने नेपाल प्रहरीका उच्च अधिकारीहरुले दावी गरेका छन् । बन्यजन्तु अपराध राष्ट्रिय नभई अन्तराष्ट्रिय अपराध अपराध भएकोले र बेकरमाथिको अभियोग नेपालमा रहेकाले अमेरिका समेत बेकरलाई नेपाल पठाएर कानुनी परिक्षण गराउन गराउन सक्ने पहल नेपाल प्रहरीले गर्न सके उनलाई ग्रीस प्रहरीले नेपाल पठाउन सक्ने आश गरिएको छ ।

2561 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv