भारतीय वायूसेनाको विमान चीनको सीमाना आसपास वेपत्ता

सोमवार, जेष्ठ २०, २०७६



एजेन्सी । भारतीय वायूसेनाको एक विमान सोमबार दुर्गम पहाडी क्षेत्र मेचुका आसपास बेपत्ता भएको छ ।  भारतीय वायूसेनाको एएन–३२ विमान चीनको सीमाना नजिक रहेको  अरुणाञ्चल प्रदेशको मेचुका आसपास  बेपता भएको हो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले एयर मार्शल राकेश सिंह भदौरियासँग बातचित गरि यस घटनाको  पुष्टि गर्दै एक ट्विट पनि लेखेका छन् । उनले लेखेका छन् , “सह वायुसेना चालक भदौरियाले मसँग विमानको खोजी कार्य भइरहेको  साथै विमान सवार सबैको कुशल मङ्गलको कामना गर्दछु ।”

उनले भनेका छन्, ‘अपरान्ह १२ बजेर २५ मिनेटमा जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको विमान बेपता भएको छ । त्यस विमानमा विमान चालक दलका ८ सदस्यसहित १३ जना सवार थिए । उडान भरिएको केही समयमै विमानको सम्पर्क टुटेको छ ।’

रसियाद्वारा डिजाइन गरिको सो विमान इन्जीन टेब्रोपार्ट ट्रान्सपोर्ट एयरक्राफ्ट हो  । एयर ट्राफिक कन्ट्रोलका अनुसार उक्त विमानको अन्तिम सम्पर्क एक बजे भएको थियो । मौसम खराब भएको हुँदा खोजी कार्यमा समस्या आइरहेको पनि बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank