‘आज बिहानै कोरोनाको परीक्षण गरेँ, रिपोर्ट सकारात्मक रुपमा नकारात्मक आयो’ – ट्रम्प

शुक्रबार, जेष्ठ ९, २०७७



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना संक्रमण भए नभएको परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

उनले पत्रकारहरूसँग भने, “आज मैले बिहानै कोरोनाको परीक्षण गरेँ, रिपोर्ट सकारात्मक रुपमा नकारात्मक आयो ।

उनलाई मास्क लगाउन आग्रह गरिए पनि ट्रम्पले आफू प्राय सबैबाट टाढै रहेकाले मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका थिए ।

तर ह्वाइट हाउसकै केही सदस्यमा कोरोना देखिए पछि राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना टेस्ट हुँदै आएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments