कोरोना विरुद्ध लड्न सबै खाले सहयोग गर्न तयार छु: नेता सिंह

आइतवार, चैत्र १६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा सम्पूर्ण नेपालीहरु उच्च जोखिम रहेको जनाएका छन ।

नेता सिंहले आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै कोरोना भाइरसलाई नेपाल प्रवेश गर्नै नदिने हाम्रो प्रयास असफल भइसके जनाएका छन । उनले भनेका छन,अब त्यसलाई थप फैलिन नदिने र यसको प्रभावबाट हुन सक्ने क्षति कसरी रोक्ने भन्ने गम्भीर चुनौती खडा भएको छ । यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र मेरो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको यस सन्दर्भमा स्पष्ट पार्दछु ।
यो विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गर्दछु विज्ञप्तीमा भनेका छन ।

त्यस्तै प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, पार्टीका आम कार्यकर्ता पंक्तिलाई पनि जनताको सेवामा लाग्न समेत अनुरोध गरेका छन ।
कोरोना संक्रमणबाट हुन सक्ने जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाम्रो देश कष्टपूर्ण लकडाउनको अवस्थामा छ । त्यसैले विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक सूचना र नियमहरुको पालना गर्दै घरभित्रै बसेर आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्दै सन्देश समेत व्यक्त गरेका छन ।

कोरोना भाइरसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न लकडाउनमात्र पर्याप्त छैन । यसको पूर्ण पालना र धेरैभन्दा धेरै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी भइसकेको छ । त्यसैले सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह समेत गरेका छन ।

नेता सिंहले दिनानुदिन परिस्थिति प्रतिकुल बन्दै गएको र सरकारका काम गराई सुस्त र हल्का देखिएकोप्रति  गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन । यसको जोखिमबाट नेपाल र नेपालीलाई बचाउनका लागि प्रभावकारी र चुस्त कार्ययोजना बनाउन म सरकारसँग माग समेत गरेका छन । विदेशस्थित नेपालीहरुको अवस्था र सुरक्षामा समेत ध्यान दिँदै हाम्रा दूतावासहरुलाई अझ प्रभावकारी बनाउन सरकारसँग अपिल गरेका छन ।

उनले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन समेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दै सर्वसाधारणको लागि दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरुको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन ।

लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा उनले  काठमाडौं निर्वाचन क्षेत्र नं. १ का आम नागरिकहरू तथा स्वदेश तथा विदेशमा बस्नु हुनेहरुले कुनै समस्या आइपरेमा आफू र आफ्ना] सचिवालयलाई सम्पर्क गर्न समेत भनेका छन ।

प्रेस विज्ञप्ति जस्ताकाे त्यस्तै

prakashman

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments