चीनको हुवेइमा ६ दिनपछि पहिलो कोरोना संक्रमित फेला

मङ्लबार, चैत्र ११, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको उत्पतिथलो  चीनको हुवेइ प्रान्तमा ६ दिनपछि पहिलो कोरोना संक्रमित फेला परेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य कमिसनले सोमबार देशभर ७८ कोरोना संक्रमित फेला परेको जनाएको छ । जसमा ७४ बाहिरबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

चीनमा हालसम्म ८१ हजार १७१ कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये ७३ हजार १५९ जनालाई उपचारपछि सञ्‍चो भएर घर पठाइएको छ ।

चीनमा सोमबार ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ७७ पुगेको छ । कोरोना इपिसेन्टर कोरोना हुवेइमा मात्र मृत्यु हुनेको संख्या तीन हजार १६० पुगेको छ ।

चीनमा पछिल्लो साता स्थानीय रुपमा संक्रमित हुनेको संख्या घटेको छ भने बाहिरबाट आएकाहरुमा हुने संक्रमणको दर बढेको छ । चीनमा हालसम्म बाहिरबाट आएका ४२७ जना संक्रमित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments