नगद ३४ लाख ८९ हजार सहित हुण्डि कारोवारी पक्राउ

सोमवार, जेष्ठ ६, २०७६



काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले हुण्डी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चावहिल बस्ने सुनसरी बरहा नगरपालिका-७ का ४० वर्षिय जगत खड्का, ललितपुर हात्तिगौडा बस्ने सोलुखुम्बु मात्य दुधकोशी गाउँपालिका-२का ३६ बर्षिय अर्जुन राई र कपन बस्ने सोलुखुम्बुकै २३ बर्षिय सुनिल राई रहेका छन् ।

यही ५ गते १३स्०० बजे काठमाण्डौ महानगरपालिका-७ चावहिलमा हुण्डी कारोबार गर्दै छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरूको साथबाट नगद ३४ लाख ८९ हजार ३ सय रूपैया, विभिन्न बैङक भौचर, १ थान कम्प्युटर समेत बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीले बुलेटिनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata