हुम्लाको पाजाकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

मङ्लबार, जेष्ठ २, २०७४



हुम्ला । पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याएकाछन् । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याएका छन् ।

वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् । रासस

432 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank