नौ जनाको मृत्युपछि हेलिकोप्टर सहित चिकित्सक टोली गाउँमा

आइतवार, बैशाख १५, २०७६



हुम्ला । विगत तीनसाता देखि फैलिएको माहामारीकाे कारण हुम्लामा नौ जनाको ज्यान गएपछि हेलिकोप्टर सहित चिकित्सकको टोली गाउँ पुगेको छ । हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा महामारीका कारण नौ जनाको ज्यान गएको थियो ।

महामारीका कारण नौ जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमा चिकित्सक सहित औषधी पठाएको हो । आइतबार नेपाली सेनाको हेलिकोप्टर मार्फत कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारी सहित आवश्यक औषधी पठाइएको जनाएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको समन्वयमा हेलिकोप्टरको व्यवस्था गरिएको  हाे । प्रभावित क्षेत्रमा नमुना संकलन भइरहेको छ । रुखाखाेकीका कारण दुई सय बढि बिरामी थला परेका छन् । प्रभावित क्षेत्र सदरमुकामबाट चार दिनको पैदल दुरीमा पर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata