कांग्रेका कार्यकर्ताबीचमै झडप, मतदान प्रभावित प्रहरीद्धारा हवाई फायर

आइतवार, बैशाख ३१, २०७४



हुम्ला । हुम्लामा कांग्रेस कार्यकर्ताबीचमा नै आपसमा विवाद भएको छ । हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच झडप हुँदा प्रहरीले बल प्रयोग गरेको छ । दुईपक्षबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा हुँदा कार्यकर्ताबीच नै झडप भएको हो ।

कांग्रेसका भिमबहादु शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेदवार छन् । एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । कर्णालीको तिरमा मतदान स्थल छ । मतदानस्थल भन्दा माथिबाट ढुंगा मुढा प्रहार भएको थियो ।

1448 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank