लन्डनमा कञ्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार

मङ्लबार, बैशाख ३०, २०७७

- विजय थापा



डिसी । काठमाडौँ जावलाखेल भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कञ्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।

उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो । उक्त पुरस्कार १९ वटा अन्य राष्ट्रहरूका व्यक्तिहरूलाई अमात्य सहित सम्मान गरिएको छ ।

जसमा बेलायत,क्यानडा,मलेसिया,नाइजेरिया,तान्जेनिया र भारत समेत रहेका छन् । पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

kanchan 123

सम्भवतः उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत वर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भई सकेकी छन् ।  पुरस्कार कञ्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकि हुन । आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा(कञ्चन) पाएकोमा अत्यन्त गर्व गरेकाे बताएकी  छन । कञ्चनले उक्त पुरस्कार अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । र जसले सबै कठिनाइहरूको बाबजुद पनि – मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments