मान्छे !

शनिबार, जेष्ठ ११, २०७६



मान्छे !

वसन्तले छाडि गएको पहेँलो रंगको पातलाई सुस्त गतिमा आएको हावाले पोखरीमा खसाल्यो,
पानीमा छाल उत्पन्न भएको खबर भोका माछासम्म पुग्यो,
माछाहरु सल्बलाएको देखि पछि सर्प रफ्तारमा दौडियो,
आकाशमा डुलिरहेको गिद्धले
सर्प देखेर पन्जा फैलायो ।

माझि नजिकै जाल थापेर बसेको छ,
यो देखेर माछाहरूले भोकै बिताए एक दिन ।
सर्प डराउने त होइन !  तर उसले मान्छे चिनेको छ,
गिद्धले पखेटाहरूलाई चलाई रहेकै छ
माझी अर्को पातले बनाएको छाल कुरिरहेको छ,

यसरि माछा, सर्प, र गिद्धको आहारा खोस्न सफल भयो मान्छे ।

Prabhat Timilsina 
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata