अफगानिस्तानले टुंगाउदै छ आफ्नो १८ वर्षे युद्ध ?

बिहिबार, भदौ १२, २०७६



एजेन्सी । विगत  १८ वर्षदेखि अफगानिस्तानमा चल्दै आएको लडाईं अब चाँडै टुंगिने अवस्थामा पुगेको विज्ञहरुको अनुमान रहेको छ । अफगानिस्तान मामिलाको समाधानको लागि कतारमा अमेरिका र तालिवानबीच लामो समयदेखि वार्ता चल्दै आएको थियो । शान्ति वार्ता सफल भएमा अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिनेछ । शान्ति वार्तामा तालिवानले अफगानिस्तानमा अबदेखि हमला नगर्ने र अल कायदा जस्तो आतंककारी संगठनको पछि नलाग्ने प्रतिबद्धता समेत जनाउनेछ ।

यही विषयलाई लिएर अमेरिका र तालिवानबीच एक वर्षदेखि शान्ति वार्ता चलिरहेको छ । गएका १८ वर्षमा सबै पक्ष सहमत भएको एउटा कुरा भनेको अफगान मामिलामा सैन्य समाधान सम्भव छैन भन्ने हो ।  यद्यपि अफनानिस्तानमा अहिले पनि नियमित रुपमा विभिन्न आक्रमणका घटना भइरहेका छन् । (बीबीसी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata