हुती विद्रोहीद्वारा साउदी विमानस्थलमा ड्रोन हमला

बुधबार, जेष्ठ ८, २०७६



एजेन्सी । यमनको इरान समर्थित हुती विद्रोहीले साउदी अरबको एक विमानस्थल र सैनिक अड्डामा बम राखिएको ड्रोनमार्फत् हमला गरेका छन्  । अहिलेसम्म कुनै जनधनको क्षतीको खबर भने बाहिर आएको छैन ।

Houthi drone attack 'hits arms depot' at Saudi airport in Najran

इरानले युरेनियम सम्बद्र्धनको क्षमता बढाउने घोषणा गरेसँगै साउदी अबरको शहर नजरानमा यो हमला भएको हो ।

ड्रोन हमलाबारे हुतीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुती विद्रोहीले कासेफ–२ को ड्रोनबाट साउदी अरब–यमनको सीमा नजिकैको नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ ।

हुती विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ । यसअघि साउदी सरकारी एजेन्सीले कर्नल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुती विद्रोहीदले नजरानमा सिभिल साइटलाई लक्ष्य बनाउने कोसिस गरेको थियो । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata