रुकुम पश्चिमको घटनाबारे छानबिन गर्न गृहद्वारा समिति गठन

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौं । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नबारे जवाफ दिदैं गृहमन्त्री थापाले घटनाबारे अनुसन्धान गर्न समिति गठन गरेको जनाएका छन । उनले भने,गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

केटि भगाउन भनेर १९ जनाको समुह केटि पक्षकोमा आक्रमण गर्न गरेको बताउँदै गृहमन्त्री थापाले केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए । घटनाबारे अनुसन्धानका लागि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको समेत गृहमन्त्री थापाले जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments