कविता- होसियार !

शनिबार, पुस २१, २०७५

- सीता ओझा-



आजकाल
आफ्नै आमालाई लात मार्ने देखि त्रशीत हुन मन लाग्छ
भन्डारै सुम्पने दास देखेर देशै छोडेर भाग्न मन लाग्छ

यत्रतत्र ,सर्वत्र घात र अन्तरघात सल्वलाएको देख्दा
बेला बेला ऐँठनले श्वास प्रश्वास नै रोकिएला झै लाग्छ

छट्पटीएको बेला मन्दिराले भरिएको व्याला देख्दा
बिछट्टै भएर मदिरामै डुबुल्की मारौं मारौं पो लाग्छ

आफैभित्रको हिनताले सताइएर कृपा माग्नेहरूदेखि
हामी नै ठगिउँला कि ! होसियार ! भन्न पो मन लाग्छ

भोको पेटको गरीव भन्दा डकारेको धनीको निकै डर लाग्छ
अवसरवाद घरैभित्र छिरेपछि सपनीमा पनि अत्यास लाग्छ

आजकाल दिउसै सपनीमा सकसले मन निकै अत्याउछ
छातीमा छिमेकीले परेट खेलेको घटनाले निकै छट्पट्याउछ

सकली चेहेरा लुकाएर नकली नचाएको देख्दा घिन लाग्छ
मनभित्रको दरिद्रता मन्दिर भित्रै छिराउदा वाक्क आउँछ

ठिङ्ग उभिएर सत्य बोल्दा नाङ्याउने देखि पिर लाग्छ
कर्म गर्दा खुल्याउने नङ्गाहरू देख्दा लात माह्रौ पो लाग्छ

तोलमोल गर्नेहरू हेर्दा इमानदारहरूलाई मह्रौ मह्रौ झै लाग्छ
असिन पसिन गर्दै खोजेको कर्म हराउला कि भन्ने डर लाग्छ

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank