इरानको प्रदर्शनमा भयङ्कर नरसंहार, मारिने १०६ नाघे

बुधबार, मंसिर ४, २०७६



एजेन्सी ।  इन्धनको मूल्य बढेसँगै शुरु भएको प्रदर्शन  र त्यसपछि सरकारले गरेको जवाफी कारवाही पश्चात इरानमा १०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ एम्नेस्टी इन्टरनेसनलका अधिकारिहरूले जनाएका छन् ।

मंगलबारको विज्ञप्तीअनुसार  युकेसम्बन्ध संगठनले इरानी सुरक्षा बललाई शुक्रवारदेखि शुरु भएको प्रदर्शनलाई कुचल्न ‘अत्यधिक र घातक शक्ति’ प्रयोग गरेको आरोप लगाइएको छ  ।

'Horrific pattern': Amnesty says 106 killed in Iran protests

अल जजिराका अनुसार इरानको २१ शहरमा कम्तिमा १०६ प्रदर्शनकारी मारिएका छन् । “वास्तविक मृत्यु हुनेहरूको संख्या बढी हुन सक्छ केही रिपोर्टहरूले २०० भन्दा बढी मारिए भनेर सुझाव दिएका छन।”, एम्नेस्टीका अधिकारिहरूले बताए ।अनुमानित मृत्यु हुनेहरूको संख्यामा इरानको सरकारबाट तत्काल कुनै  प्रतिक्रिया उपलब्ध भएको छैन  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata