Honor Magic २ तस्वीर लीक

मङ्लबार, कार्तिक ६, २०७५



हेडसेट निर्माता कम्पनी हुवाईको सब ब्राण्ड अनरले ३१ अक्टोबरमा चीनमा आफ्नो लेटेस्ट स्मार्टफोन   Honor  Magic २ ल्याउँदै छ ।   आइ एफ ए २०१८ इभेण्टको समय कम्पनीले  Honor  Magic २    ल्याउने बारेमा जनाएको थियो । अगस्टमा अायाेजित अाइएफए २०१८  इभेन्टकाे समय कम्पनीले अनर म्याजिक टु ल्याउने मात्र बताएकाे थियाे ।  विगतमा विस्तृत रुपमा नबताएको उक्त कम्पनीले Honor  Magic २ काे बारेमा एक नयाँ टिजर पोष्ट गरेको छ ।

सोमबार अनरले वाइबो र Honor  Magic २ को तस्वीर पोष्ट गरेको छ । तस्वीरमा ब्याक प्यानल र एलइडी फ्ल्यासको साथै तीन क्यामेरा देखाइएको छ । निलो र रातो कलरको फोन बनाइएको छ । टिकटोकमा एक भिडियो समेत राखिएको छ । जसमा टेक न्युजमा च्यानलले युट्यूवमा अपलोड गरेको छ ।

Honor  Magic २ स्पेसिफिकेसन

टिना लिस्टिंगको मुताविक यस फोनको पछाडी भर्टिकल पोजीशनमा तीन क्यामरा जडान गरिएका छन् । १६ मेगापिक्सेल, २४ मेगापिक्सेल र २४ मेगापिक्सेल क्यामरा एक आपसमा मिलेर काम गर्नेछन् ।

स्मार्ट फोन ९.० एन्ड्रोइडमा चल्नेछ । ६.३९ इन्च फुल एचडी डिस्प्ले प्यालनलका साथै ८ जीवि र्याम र १२८ जीवि इनविल्ट स्टोरेज हुने जनाएको छ । बताइए अनुसार यस फोनमा जम्मा क्यामरा ६ हुनेछन् । अनर म्याजिक टु मा रहेको ३४०० एमएएच ब्याट्रि ४० वाटमा फास्ट चार्जिङ हुनेछ ।

हेर्नुहाेस भिडियाे

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank