हङकङमा विधान परिषद भवनमाथि सुनियोजित आक्रमण

सोमवार, असार १६, २०७६



हङकङ । हङकङमा विगत केही सातादेखी जारी राजनीतिक गतिरोध रोकिएको छैन । हङकङको भूमी चीनलाई फिर्ता गरेको वार्षीकीको दिन एक सुनियोजित सामूहिक विरोध प्रदर्शनमा प्रदर्शनकारी प्रहरीबीच मुठभेड भएको छ ।

 प्रदर्शनकारीले विधान परिषद भवन माथि तोडफोड गर्ने प्रयास गरेका छन । प्रदर्शनको क्रममा सुनियोजित भीड उग्र रुपमा प्रस्तुत हुँदै विधान भवनको गाडी, ढोका र सिसा तोडफोड गर्न तम्सीएसँगै प्रहरीले जवाफी कार्बाही गर्न बाध्य भएको जनाएको छ ।

सन १९९७ मा बेलायती शासनले चीन सरकारलाई हस्तान्तरण गरेको हङकङमा विगत केही साता अघि सुप्रदर्गी विधानसभाम प्रस्तुत भएको थियो । उक्त विधेयक विधानसभामा प्रस्तुत हुनासाथ शुरु भएको प्रदर्शन सुनियोजित ढंगले उग्र बन्दै गइरहेको छ ।

हङकङको कार्यकारी प्रमुख कैरी लेमले उग्र  प्रदर्शनलाई मध्यनजर गर्दै गत जुन १८ मा सुपर्दर्गी विधेयक फिर्ता लिए पनि हङकङको विरोध प्रदर्शन रोकिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata