प्रदशर्नबाट फर्किएकाहरु माथि आक्रमण, ३० जना घाइते

सोमवार, साउन ६, २०७६



एजेन्सी । हङ्‌कङमा जारी प्रदर्शनमा भाग लिएर फर्किदै गरेकाहरुमाथि आक्रमण भएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओमा त्यहाँको युएन लङ स्टेसनमा लाठी लिएका पुरूषहरूको समूहले मानिसहरूलाई पिटिरहेको देखिन्छ।

सो आक्रमणका क्रममा ३० जनाभन्दा बढी मानिसहरू घाइते भएको बताइएको छ । आक्रमणकारी को थिए भन्ने पहिचान भने हुन सकेको छैन । सामाजिक सञ्जालमा भने सरकार पक्षधरले यस्तोृ हमला गरेको आरोप लगाइएको छ ।

हङ्‌कङमा प्रदर्शनका क्रममा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। चेतावनी दिँदा पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप शुरू भएको थियो ।

प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याकेको अधिकारीहरूले बताएका छन् । प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata