हङकङमा तीन जना माथि चक्कु प्रहार

बुधबार, कार्तिक २०, २०७६



एजेन्सी । बुधबार हङकङको संस्थापन पक्षका विधायक जुनियस हो क्वानलाई चक्कु आक्रमण हुँदा उनीसहित तीन जना घाइते भएका चिनियाँ समाचार एजेन्सीले जनाएको छ।

प्रहरीका अनुसार सो घटना स्थानीय रिचल्याण्ड गार्डेनमा भएको थियो । स्थानीय समय अनुसार बिहान ८ः४४ बजे सो घटना भएको हो ।  उनी आगामी डिस्ट्रिक्ट काउन्सिल चुनावको लागि अभियान गर्न सो स्थानमा गएको बताइएको छ ।

तीनै जनालाई स्थानीय त्वेन मुन अस्पतालमा उपचारका लागि लगिएको छ । हङकङमा केही समय यता चक्कु आक्रमणका घटना बढ्दै गइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata