हङकङमा झडपको क्रममा ७० वर्षीय वृद्धको मृत्यु

शुक्रबार, कार्तिक २९, २०७६



एजेन्सी । हङकङमा प्रदर्शनकारी र सरकार समर्थकको झडपका क्रममा७० वर्षीय एक वृद्धको हिजो(बिहीबार) मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सफाइको काममा संलग्न ती व्यक्तिको कामबाट बाहिर खाना खान निस्केको बेलामा मास्क लगाएका व्यक्तिले फालेको वस्तु टाउकोमा लागेर मृत्यु भएको हो ।

गएको साता मात्रै एउटा भवनबाट लडेर विद्यार्थीको मृत्यु भएको थियो । प्रहरी अपरेसनका क्रममा ती विद्यार्थी लडेका थिए । हङकङमा गएको ५ महिनादेखि आन्दोलन भइरहेको छ । ती व्यक्ति फुड एण्ड इन्भायरमेन्ट हाइजिन डिपार्टमेन्टका कर्मचारी हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata