हङकङमा हिंसात्मक झडप, पेट्रोल बम र अश्रुग्याँस प्रहार

सोमवार, भदौ ३०, २०७६



एजेन्सी । हङकङमा चिनियाँ विरोधी प्रदशर्नकारी र चिनियाँ समर्थक प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा केही प्रदर्शनकारी गम्भीर घाइते भएको जनाइएको छ ।

दिनभरी भएका झडपपछि रातिको समयमा पनि झडपहरु भएका थिए । दिउँस चिनियाँ विरोधी आन्दोलनकारी र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो ।

प्रदर्शन गर्न लगाइएको प्रतिबन्ध उल्लंघन गर्दै र्‍यालीमा सहभागी भएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेका थिए ।

प्रदर्शनकारीले पेट्रोल बम प्रहार गर्नुका साथै अवरोधहरु तेर्साएर रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए। केही प्रदर्शनकारीले बेलायती कन्सुलेट कार्यालय बाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए ।

प्रहरी निषेधाज्ञाको उल्लंघन गर्दै हजारौं प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीले बेलायती कन्सुलेटबाहिर प्रदर्शन गर्दै बेलायतले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरण गर्दा गरेका प्रतिबद्धतामा जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata