हङकङकाे निर्वाचनमा बेइजिङ समर्थकको लज्जास्पद हार

सोमवार, मंसिर ९, २०७६



एजेन्सी । हङकङ निर्वाचनमा बेइजिङ समर्थकले लस्जास्पद हार बेहाेरेका छन ।  हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा विपक्षी आन्दोदनकारीले अपूर्व जित हात पारेका छन ।

हालसम्म घोषित २४१ स्थानमध्ये २०१ स्थानमा जित हात पार्दा बेइजिङ समर्थकले २८ स्थानमा मात्रै जित हात पारेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । आइतबार भएको निर्वाचनमा २९ लाख अर्थात ७१ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए ।

यसअघि सन् २०१५ को निर्वाचनमा ४७ प्रतिशत मतदाता मात्रै सहभागी भएका थिए । प्रमुख कार्यकारी क्यारी लामले जिल्ला परिषदका आवाजलाई अझै ध्यान दिएर सुन्ने बताएकी थिइन्। निर्वाचनमा बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित भएका छन् । हङकङमा लामाे समयदेखी प्रजातन्त्र पक्षधर प्रदर्शनकारीले  चिनियाँ सरकारकाे विरुद्ध आन्दोलन गर्दै आइरहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata