प्रहरी कार्वाहीमा कुनै प्रदर्शनकारी मारिएका छैनन: हङकङ सरकार

आइतवार, भदौ २२, २०७६



एजेन्सी । हङकङमा भइरहेको सरकार विरोधी तीन महिने प्रदर्शनमा कुनै पनि प्रदर्शनकारी प्रहरी कार्बाहीमा नमारिएको हङकङ सरकारले प्रष्ट पारेको छ ।

पछिल्लो समय चलाइएको हल्ला अनुसार, तीन प्रदर्शनकारीलाई प्रहरीले पिटीपिटी मारेको समाचार झुटा र भ्रमपूर्ण रहेको हङकङ सरकारले जनाएको छ ।

गत शनिबार थुप्रै प्रदर्शनकारीले एउटै स्थानमा फूलका गुच्छाहरु राख्दै मच्चाइएको दुर्भाग्यपूर्ण अफवाहको सरकारले जोडदार खण्डन गर्दै भनेको छ । यो अत्यन्तै अफसोचजनक छ कि यस्तो गैर जिम्मेवारपूर्ण हल्ला जनतालाई गुमराह गर्ने नियतवस फैलाइएको छ । साथै यस्तो समयमा समाजमा विभाजन र असन्तोष रोप्ने दुर्भाग्यपूर्ण काम गरिदैछ ।

जब कि सरकार इमान्दारीताका साथ सम्वाद मञ्च स्थापीत गर्न भरमग्दुर कोशिस गरिरहेको छ । करिव तीन महिना देखि हङकङमा जारी विरोध प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीलाई ग्याङस्टरको आरोप लगाएको छ । भने प्रहरीले उनीहरुलाई हिंस्रक र अराजक भनेको छ ।

हङकङ सरकारले सुपदर्गी सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गरेसँगै शुरु भएको विरोध प्रर्दशनको दौरान हङकङ आर्थिक, सामाजिक र राजनीतिक तवरले अस्तव्यस्त बन्दै आइरहेको छ ।

प्रदर्शनकारीको अराजक र हिंस्रक व्यवहारको बावजुद हङकङ सरकार अत्यन्तै संयमित हुँदै वार्ताको आव्हान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata