हिंसाले हङकङ पतनको मार्गमा जानेछ, जहाँबाट फर्कन सम्भव छैन : क्यारी लेम

मङ्लबार, साउन २८, २०७६



एजेन्सी ।  हङकङको प्रशासन प्रमुख क्यारी लेमले हिंसाले हङकङ पतनको मार्गमा जाने र  त्यहाँबाट फर्कन सम्भव नभएको बताएकी छिन ।

लेमले भनिन, “हिंसाको प्रयोग गर्नुहोस् वा नजरअन्दाज गर्नुहोस् । हिंसाले हङकङलाई पतनको बाटोमा लैजाने छ। जहाँबाट फर्कन असम्भव हुनेछ ।यसको कारण हाम्रो समाज चिन्ताजनक र खतरनाक स्थितिमा पुग्नेछ ।”

उनले थप भनिन्, ” विगत केहि समय देखि  हङकङको स्थिति चिन्ताजनक र खतरनाक स्थितितर्फ लम्कदै छ । सुरक्षा बल र प्रदशर्नकारी बीच जारि झडपले  हङकङको अवास्था नाजुक बन्दै छ ।”

सुरक्षाकर्मी प्रति अत्यन्त विश्वास गर्दै उनले भनेकी छिन्, ” अत्यन्त कठिन परिस्थितिको सामना धैर्यपूर्वक गरिएको छ ।” उनले प्रदशर्नकारीलाई शान्त रहन अपिल गरेकी छिन् ।

विगत केहि महिना देखि  हङकङमा भइरहेको प्रदशर्नको प्रमुख कारण सुपुर्दगी कानुन निलम्बित गरिएको भएपनि विभिन्न शक्ति र स्वार्थ केन्द्रको कारण हङकङ अशान्त रहँदै आएको छ । बेलायतले  हङकङलाई चीनको मातहत सुम्पेसँगै वैदेशिक चलखेलको वातावरण घटेको अवस्थामा सुपुर्दगी  सन्धीको बाहनामा गरिएको हिंसागत प्रदशर्नले  हङकङको वर्तमान आर्थिक अवस्था र शान्ति सुरक्षामा नराम्रो असर परेको छ ।

हङकङवासीलाई अनेक शक्तिकेन्द्रहरुले प्रभावमा पार्दै चीनविरुद्ध गतिविधि बढाउने उचित मौकाको खोजि भइरहेको कारण  हङकङमा गरिएका प्रदशर्नहरु आफ्नो मागबाट भड्किएको  क्यारी लेमको बुझाइ छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata