चिनियाँ न्युज एजेन्सी ‘सिन्ह्वा’को कार्यालय तोडफोड

सोमवार, कार्तिक १८, २०७६



एजेन्सी । चिनियाँ समाचार केन्द्र सिन्ह्वा न्युज एजेन्सीको हङकङस्थित कार्यालयमा तोडफोड भएको छ । स्थानीय मिडियाले हङकङको वान चाई जिल्लामा रहेको सिन्ह्वाको कार्यालयको एक स्थानमा आगो लगाउनुका साथै झ्याल फुटाएको र अन्य दृश्यसमेत देखाएको छ ।

घटना हुँदा प्रदर्शनकारीहरु सिन्ह्वाको भवनभित्रै थिए वा थिएनन् भन्ने खुलेको छैन । चीनका विरुद्ध आक्रोश प्रकट गर्दै प्रदर्शनकारीहरुले चीनसँग जोडिएको बैङ्क तथा अन्य कारोबार संस्थामाथि आक्रमण गर्दै आएका छन् । प्रदर्शनकारीहरुको आरोप छ– उनीहरुको अधिकार खोसिँदै छ । शनिबार बिहानको प्रदर्शनमा आन्दोलनकारीहरुले ग्यासोलिन बम हानेका थिए, जवाफमा प्रहरीले अश्रु ग्यास तथा पानीका फोहोरा प्रयोग गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata