हङकङमा इतिहासकै ठुलो विरोध प्रदशनी, २० लाख मानिस सडकमा

सोमवार, असार २, २०७६



एजेन्सी । हङकङमा इतिहासकै ठुलो विरोध प्रदशनी भइरहेको छ । सुपुर्दगीसम्बन्धी विधेयकविरुद्ध भइरहेको पछिल्लो प्रदर्शनमा करिब २० लाखले सहभागिता जनाएका छन् ।

चीनमा कुनै आपराधिक गतिविधि गरेर हङकङ जानेलाई कानुनी कारबाही र मुद्दा चलाउन मुख्य भूमि चीनमा सुपुर्दगी गर्न सकिने प्रावधानसहित आएको विधेयकको हङकङमा विरोध भइरहेको हो  ।

प्रदर्शनकारीहरुका अनुसार  हङकङको इतिहासकै सबैभन्दा ठूलो विरोध प्रदर्शन हो । यद्यपि, प्रहरीले हङकङको प्रदर्शनमा ३ लाख ३८ हजार मानिस सहभागी भएको जनाएको छ ।

विरोध चर्किँदै जाँदा सरकारले सो विधेयक स्थगित गरे पनि विरोध प्रदर्शनी रोकिएको छैन । विधेयक स्थगित होइन खारेज नै गर्नुपर्ने मागसहित प्रदर्शनकारीले आन्दोलन नरोकेका हुन् ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सो विधेयक स्थगित गरेको घोषणा गरिसकेकी छन् । सो निर्णयलाई चीनले समेत समर्थन जनाएको छ । यो विधेयक पारित भएमा हङकङका विपक्षीहरुमाथि निसाना लगाउन सक्ने भन्दै त्यसको विरोध भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank