हङकङ प्रहरीद्वारा प्रदशर्नकारी माथि गोली प्रहार

सोमवार, कार्तिक २५, २०७६



एजेन्सी । आज(सोमबार) बिहान हङकङमा भएको प्रदर्शनमा प्रहरीले एक जना मानिसलाई गोली प्रहार गरेको छ । फेसबुकमा लाइभ देखिएको फुटेजमा एकजना मानिसलाई प्रहरी अधिकृतले गोली हानेको देखिएको छ । फुटेजमा सो व्यक्ति भुईंमा लडिरहेको, आँखा खुला भएको र उसको शरीरमा रगत बगेको देखिएको छ ।

Hong Kong police shoot man in day of violence and chaosको लागि तस्बिर परिणाम

उक्त फुटेजमा प्रहरीले अरु दुई राउण्ड गोली हानेको समेत देखिएको छ । यद्यपि ती गोली कता लाग्यो भन्ने कुरा फुटेजमा प्रष्ट देखिएको छैन । गोली लागेको पहिलो व्यक्तिको अवस्थाका बारेमा पनि जानकारी हुन सकेको छैन ।

गएको जुनमा हङकङमा प्रदर्शन शुरु भएपछि  त्यहाँको प्रहरीले लाइभ गोली प्रहार गरेको यो तेस्रो पटक हो ।  यसअघि गएको अक्टोबर १ र ४ तारेखमा यसरी नै गोली प्रहार भएको थियो ।

प्रदर्शनकारीले सोमबार बिहान साइ वान हो चोकमा अवरोध सिर्जना गर्दा प्रहरीले गोली हानेको हो । प्रदर्शनकारीले आज शहरका विभिन्न क्षेत्रमा सडक अवरोध गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata