हङकङका अभियन्ता जोशुआ ओङ प्रहरी हिरासतमा

शुक्रबार, भदौ १३, २०७६



एजेन्सी । हङकङका चर्चित लोकतन्त्र पक्षधर अभियन्ता जोशुआ ओङलाई  ट्रेन स्टेसनबाट प्रहरीले गिरफतार गरेको छ । जोशुआ संलग्न डेमोसिस्टो पार्टीले  जनाए अनुसार ट्रेन स्टेसनमा हिँड्दै गरेको अवस्थामा उनलाई प्रहरीले जबर्जस्ती उठाएको हो।

ट्रेन स्टेसन प्रकाउ गरि उनलाई प्रहरी हेडक्वार्टरमा लगिएको जनाइएको छ । प्रहरीले भने यसबारे  कुनै पनि प्रतिक्रिया जनाएको छैन। उनलाई तीन अभियोग लगाइएको बताइए पनि ती अभियोगको बारेमा भने जानकारी नदिइएको  पार्टीको भनाइ छ  ।

उनलाई पूर्वनिर्धारित एक प्रदर्शनको अघिल्लो दिन पक्राउ गरिएको हो । सो प्रदर्शनको अनुमति सुरक्षा निकायले दिएको छैन । अर्का स्वतन्त्र अभियन्ता एन्डी चानले उनलाई पनि गएको बिहीबार राति हङकङबाट जापान जान लाग्दा पक्राउ गरिएको जनाएका छन् ।

प्रहरीले जनाएअनुसार गएको जुनमा प्रदर्शन शुरु भएयता ९०० जना मानिस गिरफ्तारीमा परिसकेका छन् ।

जोशुआ सन् २०१४ मा हङकङमा भएको ‘अम्ब्रेल्ला प्रोटेस्ट’को क्रममा समेत महत्वपूर्ण भूमिकाका कारण चर्चामा आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata