कमिसनको खेलः प्रहरी, तस्कर, कर्मचारी, नेताबीच साँठगाठ

सोमवार, चैत्र १९, २०७४



काठमाडौं । प्रहरी, तस्कर, कर्मचारी, राजनीतिकदलका केही नेताबीच ठूलो साँठगाठ रहेको सरकारले निस्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले छोटो समयको निस्कर्ष सुनाउँदै मिलेमतोमा कमिसनको खेल भइरहेको दावी गरे ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापाले तस्कर, कर्मचारी, राजनीतिकदलका केही नेतामिलेर देश डुबाउन लागेको दावी गरे । अब उनीहरु विरुद्ध कडा हुने पनि उनले चेतावनी दिए । एक घण्टा देशको गृह प्रशासान सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले भारतीय फिल्म ‘सोले’ को प्रसंग जाडेर आफ्नो योजना अघि सारेका थिए ।

गृह मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेको छ । आफ्नो ३५ दिने अनुभव सुनाइरहँदा मन्त्री थापाले प्रहरीदेखि कर्मचारीसम्मलाई व्यङ्ग्य गरेका थिए । देशलाई तस्कर, माफिया र दलालले बर्बाद गर्न खोजेकोे गृहमन्त्रीको छोटो समयको निस्कर्ष थियो ।

पटक–पटक ‘रेडिकल चेन्ज’ शब्दको प्रयोग गरेर अहिलेसम्मका सबै गृहमन्त्रीलाई पछि पारेर नयाँ रेडर्क बनाउने छनक दिइरहेका थिए । गृहमन्त्री थापाले सीमा, विमानस्थल, अध्यागमन, यातायत क्षेत्र, तस्करी र अपराध नियन्त्रणका लागि त्यस क्षेत्रमा ठूलो धक्कादिने पनि सुनाए । गुण्डागर्दी र अपराधको प्रसंग झिक्दै मन्त्री थापाले भने, ‘अध्यागमन, कैदी र प्रहरी मिलेमतो देखिन्छ अब त्यसलाई भत्काउन ठूलो धक्काको जरुरत छ ।’ चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती नै छिराइदिन्छु भनेको प्रसँग निकाल्दै उनले अध्यागमनका कर्मचारी मानव तस्करीमा लागेकोपनि आरोप लगाए ।

उनले आफु जेलमा रहेको प्रसँग निकाल्दै गुन्डा कारमा डिस्को र दोहोरीमा भेटिएको चर्चा पनि सुनाए । त्यसो किन हुन्छ ?मन्त्री थापाको निस्कर्ष थियो, ‘ जेलर र प्रहरीकै मिलोमतोमा यस्तो भइरहेको छ ।’ अब देशभरका कारागारमा रहेका गुन्डा नाइके र जेलरको सरुवागर्ने गृहमन्त्रीले चेतावी दिए ।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank