अमेरिकी शहरहरुमा घरबार बिहिनको सङ्ख्या १७ वर्ष यताकै उच्च

सोमवार, जेष्ठ ६, २०७६



एजेन्सी । सयुंक्त राज्य अमेरिकामा घरबार बिहिन मानिसको संख्या बढ्दो छ । २०१७ को आधिकारिक रिपोर्ट अनुसार अमेरिकाभर ५ लाख ५४ हजार मानिसको स्थायी घर छैन । जुन कुल जनसङ्ख्याको ०.१७ प्रतिशत हुन आउँछ । यस्तैमा एक सर्वेक्षणमा  क्यालिफोर्नियाको उत्तरतर्फ रहेको स्यानफ्र्यानसिस्को शहरमा पछिल्लो समय ‘होमलेस’ अर्थात घरबार बिहिन मानिसहरुको जनसङ्ख्यामा १७ प्रतिशत वृद्धि भएको देखिएको छ ।

सम्बन्धित छवि

स्यानफ्र्यानसिस्कोमा रेकर्ड गरिएको सो तथ्याङ्क पछिल्लो १७ वर्षकै उच्च रहेको पाइएको छ । यसअघि ‘ग्लोबल होमलेसनेस स्ट्याटिस्टिक्स’ ले तयार पारेको रिपोर्टमा पनि अमेरिकाको क्यालिफोर्नियामा एक लाख तीस हजार भन्दा धेरै घरबार बिहिन रहेको उल्लेख गरिएको थियो ।

सम्बन्धित छवि

वास्तवमा प्राविधिक उद्योगको सफलतासँगै शहरका समृद्धहरु झन बढी सम्पन्न बन्दै गएपछि धनी र गरिबबीच ठूलो अन्तर देखा पर्न शुरु भएको बताइएको छ । जसपछि त्यहाँ हाउजिङ र बस्नेखाने लागत् पहिलेको तुलनामा अत्याधिक वृद्धि हुन पुगेको हो ।

होमलेसहरुको समर्थनमा रहेको मानव अधिकार संघकी अधिकारी केली कट्लर भन्छिन्, “कोठा र घर शुल्क वर्षौँदेखि कम भएको छैन र लगातार बढेको बढ्यै मात्र छ । यस्तोमा हामीले कसरी घरबिहिन मानिसहरु कम हुने अपेक्षा गर्न सक्छौँ ?” गत बिहीबार मात्र क्यालिफोर्नियाले सडकमा ८ हजार भन्दा धेरै बेघर मानिसहरुको सङ्ख्या रहेको बताउँदै ‘वान नाइट स्ट्रिट क्राउन्ट’ को प्रारम्भिक जानकारी व्याख्या गरेको थियो । मेयरको कार्यालय अनुसार ती मध्ये ६८ प्रतिशत गाडीमा बस्ने मानिसहरु रहेका छन् ।

homeless in san franciscoको लागि तस्बिर परिणाम

स्यानफ्र्यानसिस्कोले अमेरिकी हाउजिङ एवम् शहर विकास विभागको आवश्यकता अनुसार प्रत्येक दुई वर्षमा बेघरहरुको गणना गर्ने गरेको छ । तर सो गन्ती अनुमान गरिए भन्दा थोरै भएको बताइएको छ । अघिल्लो पटक पनि यसरी नै एकरातमा गरिएको गन्तीमा ६,८५८ घरबिहिनहरु फेला पारिएको थियो तर पछि अर्को तथ्याङ्कमा सो सङ्ख्या ७,४९९ रहेको पाइएको हो ।

तर अर्कोतर्फ यस वर्ष लामो समयदेखिका बेघरहरुको सङ्ख्या भने १४ प्रतिशतले घटेको बताइएको छ र साथै यसमा युवाहरु पनि १० प्रतिशतले कम भएको बताइएको हो । यस्तोमा सो नतिजाले घरबिहिनहरुलाई बस्ने ठाउँ दिलाउन थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको शहरका मेयर लन्डन ब्रिडले एक बयानमार्फत बताएका हुन् । यसरी पुराना बेघरहरु र युवाको सङ्ख्या कम गर्न सफल हुनुले प्रभावकारी ढङ्गमा प्रयास गरे फरक ल्याउन सकिने पुष्टि भएको उनले बताए ।

– द गार्जियनबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank