काठमाडौँमा अलपत्र नागरिक घर पठाइयो

बुधबार, बैशाख १७, २०७७



काठमाडौँ । कोभिड-१९ को महामारीका कारण देशमा लकडाउन अपनाइएको छ । चैत ११ गते देखी जारी लकडाउनका कारण मजदुर वर्ग, विद्यार्थी लगायतका वर्गहरू समस्यामा परेका छन् ।

यति बेला स्थानीय सरकारको सहयोग अलपत्र परेका नागरिकहरूलाई आ-आफ्नो पालिकामा लिने क्रम जारी छ । बुधवार मात्र नेविसंघ,तरुण दल र काँग्रेस जिल्ला कार्य समिति नवलपरासीकाे समन्वयमा  काठमाडाैंमा अलपत्र परेका नागरिकहरू घर पठाइएकाे छ ।  बुलिङटार तथा बौदीकाली गाउँपालिका नवलपुरका घर भइ हाल  कामकाे सिलसिलामा काठमाडाैंमा रहेका ३० जना नागरिकहरूलाई काठमाडौँबाट घर पठाइएको नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेले जानकारी दिएका छन ।

 अलपत्र परेका नागरिकहरूको पिर मर्कालाई मध्यनजर गर्दै सम्बन्धित पालिकाका अध्यक्ष, उपाध्यक्षज्यूहरूको सहयोगमा आज घर पठाउने काम गरिएको नेपाली काँग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए । घर जानेहरूमा वृद्ध,बृद्धा,बालबालिका र युवाहरूरहेका छन ।  उनीहरूलाई सुरक्षितका साथ घर पठाउन विशेष गरी काँग्रेस पार्टी र भातृ संगठनले सहयोग गरेको जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments