गृह मन्त्रालयमा नै पुगेर विष पिए पूर्व लडाकुले

बुधबार, मंसिर ५, २०७५



एकजना पूर्व लडाकुले गृह मन्त्रालयमा नै पुगेर विष पिएका छन् । आफ्ना माग सुनुवाई नभएको भन्दै उनले गृहमन्त्रालयमा गएर विष पिएका हुन् । उनी लामो समयदेखि खुट्टामा गोली लागेकै अवस्थामा हिडिरहेका छन् ।

कालीकोटमा पूर्व लडाकु कूलप्रसाद  भट्टराईलेले मन्त्रालयमा गएर विष पिएपछि उनलाई तत्काल उपचारका लागि प्रहरीले बीर अस्पताल पुर्याएका थिए । उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।   गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनले भेटमा निकै पीडा पोखेका मन्त्रालयका एक अधिकारीले बताए ।

 विष खाएका भट्टराईको अझैसम्म होस खुल्न सकेको छैन। पूर्वलडाकु भट्टराई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गृहमन्त्रालयमा पुगेका थिए।

गृहमन्त्रीसँगको भेटमा भट्टराईले आफू घाइते भएको र केही गर्न नसक्ने बताउँदै विष खाने धम्की दिएपछि उनलाई प्रहरीले बाहिर निकालेको थियो। भट्टराईलाई गृहमन्त्रालयबाट बाहिर निकाले लगत्तै विष खाएको अनुमान प्रहरीको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank