केसीले नागरिकका अधिकार कुण्ठित गरेको गृहमन्त्रीको आरोप 

बुधबार, असार २०, २०७५



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिकका अधिकार कुण्ठित गर्ने कोशिस गरेकोले डा.गोविन्द केसीलाई पक्राउ गरिएको बताएका छन् ।
राष्ट्रियसभाका सांसदले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले सरकारले विरोध गर्न नमिल्ने घोषणा गरेकै ठाउँमा अनसन बस्न गएपछि बाध्य भएर पक्राउ गरेको जानकारी दिए । कांग्रेसले सरकारको जवाफ माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेपछि गृहमन्त्री थापाले जवाफ दिएका हुन् ।

प्रशासन, प्रहरी र कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान निषेधित क्षेत्र घोषणा गरिएकोमा केसीले अनसन गर्न खोजेकोले पक्राउ गरिएको उनले बताए। ‘डा. केसीसँग भएका सम्झौता अनुसार नै प्रतिस्थापन विधेयक आउँदै थियो,’ थापाले भने, ‘त्यो पूरा हुन सकेन, अब नियमित प्रक्रियाबाटै विधेयक आउँछ।’ साथै थापाले नेपालमा अधिनायकबाद आउँदै छ र लोकतन्त्रको रक्षाको लागि आन्दोलन आश्यक छ भन्ने कुरा सडक र सदनमा आएकोमा लोकतन्त्रको रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उनले बताए। ‘सुशासन विना लोकतन्त्र पनि जोगिँदैन,’ उनले भने, ‘विपक्षी र सर्वसाधारणले सोही बमोजिम आन्दोलन गर्नु पर्छ।’

उनले सुशासन कायम गर्नका लागि विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको पनि बताए। विरोधलाई फरक किसिमले व्यवस्थित गर्न खोजे पनि बताए। संवेदनशील ठाउँमा विरोध गर्दा नागरिकका अधिकार कुण्ठित हुने भएकोले माइतिघरलाई निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank