यातायात नचलाउने व्यवसायीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले यातायात सञ्चालन नगर्ने यातायात समितिलाई कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई आज निर्देशन दिएका हुन्। उनले आवश्यक परे यातायात समितिका पदाधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएकाछन् ।

आवश्यकतानुसार यातायात समितिको नाममा रहेको रकमबारे समेत छानबिन अघि बढाउन पनि उनले निर्देशन दिएका छन् । सरकारले ‘सिण्डिकेट’ अन्त्य गर्न यसअघि गैरसरकारी संस्थाका रुपमा दर्ता हुँदै आएका यातायात समितिको दर्ता तथा नवीकरण नगर्ने र उनीहरु कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने निर्णय गरेको थियो ।

सो निर्णय विरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका यातायात समितिले आज देभरभर समितिका यातायात सञ्चालनमा रोक लगाएका छन् ।

155 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank