प्रदेश दुईको सुरक्षा अवस्था चुनौतीपूर्ण छ : गृहमन्त्री थापा

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दुई नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले आवश्यक सुरक्षा रणनीति बनाउन गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् ।
प्रदेश दुईको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले त्यसै अनुसारको सुरक्षा योजना बनाउने बताए ।

खुल्ला सीमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री थापाले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको बताए ।गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजना सहितको निष्कर्श निकाल्ने बताइएको छ ।

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरि फुयाल, प्रदेश दुई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्दकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, प्रदेश २ का ८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख लगायत उपस्थिति रहेको छ ।

159 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank