होलीमा दुई जनाको मृत्यु, तीन घाइते

बिहिबार, चैत्र ७, २०७५



काठमाडौँ ।  फागु पूर्णिमा अर्थात होली पर्व नेपलका पहाडी क्षेत्रमा हिजो धुमधामसँग मनाइयो । नेपालको  पहाडी क्षेत्र अन्तरगत काठमाडौँ उपत्यका पनि होलीको रङ्मा रंगियो ।

रङ्गमा मग्न उपत्याकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा दुर्घटनाहरु घटे । जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा मा परी दुईको मृत्यु भएको छ भने तीन जना सख्त घाइते भएका छन् । काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

होली पर्वमा हिजो (बुधबार) मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata