प्रहरीकै गाडीमा ह्विल लक

सोमवार, माघ ६, २०७६



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो समय ट्राफिक नियमको वेवास्था गर्ने नीजि तथा सरकारी यातायातका साधनहरुमा लक लगाउने काम गर्दै आएको छ ।  नियम विपरित पार्किङ गरि राखेको भन्दै ट्राफिक प्रहरीले सोमबार प्रहरीकै गाडीमा ह्विल लक लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्वील लक लगाएको हो। नियम अनुसार कार्बाही गरेर मात्र उक्त गाडीलाई छोडिने ट्राफिक प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments