शान्ति वार्ता विफल: होदेदा शहरमा ८४ जनाको मृत्यु

सोमवार, भदौ २५, २०७५



यमन । संयुक्त राष्ट्र संघको मध्यस्थतामा भइरहेकाे यमन शान्ति वार्ता विफल भएको छ । वार्ता विफल भएसँगै भएको संघर्षमा होदेदा शहरमा ८४ जनाको मृत्यु भएको जनाएको छ ।

गत शनिबार विफल भएको वार्ता पछि हुथि विद्रोहीको कव्जामा रहेको होदेदा शहरलाई मुक्त गर्न सरकारी सेनाले गरेको हवाई हमला र जमिन संघर्षमा ११ सैनिक र ७३ विद्रोही मारिएको पुष्टि भएको छ । संघर्षको दौरान दर्जनौ विद्रोही र १७ सैनिक घाइते भएको सुत्रले जनाएको छ ।

साउदी नेतृत्व सहितको गठबन्धनले करिब तीन बर्ष देखि गरेको हवाई हमलामा २६ नावालक बच्चाहरुले जीवन गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ । सर्वसाधरणलाई लक्षित हमला प्रति चिन्तित राष्ट्रसंघले स्वतन्त्र जाँचको वकालत गरिरहेको छ ।

राष्ट्रसंघ सहायता प्रमुख मार्क लोकाकले बताए अनुसार अल दुरायहिमी जिल्लामा विद्रोही द्वारा कब्जामा लिएको शहर हुदयदाह नजिकै विहिबार २२ बच्चा मारिए । हिजो मात्रै दुरायहेमीमा भएको अर्काे एक हमलामा चार बच्चाको ज्यान गएको पुष्टि भएको छ ।

तीन वर्ष पाँच महिना तीन हप्ता पुगिसकेको यमन संघर्षमा ५० हजार बढीले ज्यान गुमााइसकेको राष्ट्र संघले जनाएको छ ।

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank