हो साँच्चै सपना अझै अधुरै छ !

मङ्लबार, पुस १२, २०७३

loading...


 आख्यानकार हरि कटुवाल द्वारा लिखित उपन्यास ‘अधुरो सपना’ पढेपछि पुस्तकबारे चर्चा नगर्न सकिँन । उपन्यासकार कटुवालको पहिलो उपन्यास ‘अधुरो सपना’ पुस्तकबाट समाजलाई दिन खोजिएको विषय र उपन्यासको मर्म निकै सान्दर्भिक छन् ।

adhuro sapana

उपन्यासका पानाहरू पढ्दै जाँदा यस्तो लाग्छ कतै हामी नेपाली पनि पात्र विवेकको जस्तै हालतमा छैनौँ ?एक फेर सोच्न बाध्य गराएको छ । सरकारी जागिरे व्यक्तिलाई प्रभाव,बाध्यता,दबाव,जस्ता बिषयहरुमा कसरी फस्ने–फसाईने गरिन्छ ? उपन्यासमा ग्रामिण परिवेश देखी शहरी परिवेश सम्म एउटै पात्र(विवेक)लाई उभ्याइएको छ ।

परिस्थिती अनुसार जीवनशैली फरक भएको हुन्छ ।राष्ट्रवादले ओतप्रोत भएका विवेकका पिता रमेशले देखको सपना वास्तवमा अझै अधुरै छ । २०४६ देखी हालसम्मका परिवेशमा जनताले गरेको अपेक्षा पहुँचवालाले मात्रै कसरी प्रयोग गर्ने गर्छन भन्ने कुरा उपन्यासबाट स्पष्ट हुन्छ ।

sukadev

उनले देखेको समृद्ध,स्वाभिमानी ,समानता,र न्यायका कुरा गफ गर्ने मेलो मात्रै बन्दै आएको छ भन्ने कुरा देशको हालैको परिवेशसँग उपन्यासका पात्र विवेकले देखाएका छन् । ज्याला मजदुरी गरी परिवार पाल्ने जुठे साँइलो जस्ताको दर्दनाक व्यथाका ग्रामिण परिवेशको वास्तविकता पनि छर्लङ्ग छ । विवेकले गरेको एउटै निर्णयले उसको सपना अधुरो बनाएको हो कि उसलाई समयसँग ज्युनु छ । परिवारको समस्यामा भोकोपेटले राष्ट्रवाद भन्दैन भन्ने कुरालाई विवेकले प्रमाणीत गरेको छ ।

एक्ली विधवा नारीको जीवनमा समाजले हेर्ने दृष्किोणबाट सङ्घर्षमा आमाको रुपमा (शान्ति)पात्र लाई उभ्याइएको छ ।उनी जस्ता एक्ली विधुवा नारीलाई समाजले भिराउने अनेकौँ बिल्लाहरु जागिर खान गएको ठाउँमा हाकिमको व्यवहार अर्की महिलालाई लगाइएको बोक्सी आरोप जस्ता समाजका सङ्कीर्ण सोचलाई प्रष्ट देखाएको छ ।

०४६को जन–आन्दोलनमा रमेशको मृत्युको सन्दर्भ अघिबाटै देशले खोजेको गति र शान्तिलाई रमेशले देखाएको बाटो हुँदै शान्तिले पनि आफ्नो छोरालाई मार्ग त देखाउँछे तर उसले भोग्नु परेको अनेकौँ पीडाले गर्दा उ पनि विवश हुन्छ आफुलाई देखाएको बाटो हिँड्न उसले आफ्नो रोजीरोटीको लागी रोजीएको केहि गलत पाटाहरु प्रती उ आफु भन्दा सरकार जिम्मेवार हुनुपर्छ भन्ने मनोविज्ञान पनि उपन्यासबाट देखिन जान्छ ।

एउटा निम्न बर्गीय परिवारको एउटा सरकारी कर्मचारीलाई भिराएको स्वाभिमानको पाटोभित्र अडिन कति कठिन छ भन्ने कुरा उपन्यासले देखाउँछ । गफ र वास्तविकता कति अलग पाटा हुन ? राष्ट्रवादका गफ गरेर जनताको नाममा हरेक ठाउँ ठाउँमा लुटि रहेका नेपालीलाइ उपन्यासले चित्रण गर्न भ्याएको छ । विवेकको श्रीमती आस्मालाई सुत्केरी हुदा एयरपार्टमा सभासदले देखाएको व्यवहार र छोरालाई उपचार गर्नको लागी भेन्टिलेटरको लागी समेत राजनीति पावर, नातावाद, कृपावादको दलदलमा निरङ्कुशता हावी हुने कुरा उपन्यासले उठान गरेको छ ।

एउटा सानो सरुवाको लागी मागिएको पैसा,कार्की काकाले गरेको उपकारको मुल्यको बदला जस्ता बिषयहरु समाजका यथार्थ परक छन् । किताब पढ्दै गर्दा उपन्यासको पात्र कतै मै हुँ की भन्ने आभाष दिलाएको छ ।युवा बर्गको लागी निकै पठनीय पुस्तकको रुपमा मैले यसलाई लिएको छु हरेक शब्द शब्दमा झस्काउँछ राष्ट्रको पक्षमा हरेक क्षेत्रलाई तार्कीक गर्न भ्याएको छ उपन्यासले देशले मुहार फर्ने नाममा भोगी रहेको वास्तविकतालाई उठान गरिएको छ ।

निकै सान्दर्भीक उपन्यासको रुपमा मैले अधुरो सपनालाई लिएँ । अब सबै नेपालीहरुले एक चोटी छातीमा हात राखेर प्रण गर्ने समय आईसकेको आभाष उपन्यास पढेपछि महसुस हुन्छ । गम्भीर विषयहरूलाई उठान गर्नुभएको छ । कतै उपन्यासले भने जस्तै विवेक को जीवन जस्तै एकाएक परिवर्तन भई देशले पनि आत्महत्या समेत गर्नुपर्ने दिनको सामना गर्नु नपर्ला भन्ने आधार देश र विवेकको परिवार दाँज्दा महसुस गर्न पाईन्छ ।

पात्रहरु सबैले यथार्थतालाई चित्रण गरेका छन् । उपन्यासकार कटुवाल आख्यानकारितामा निकै संभावना भएका उपन्यास पढेपछि जान्न सकिन्छ । उपन्यासले उठाएको मुख्य बिषय हाम्रा सपनाहरु अझै अपुरै छन् हो अझै वास्तविक सपनाहरु अधुरै छन् ।

पुस्तक चर्चा : शुकदेव थपलिया 

1327 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv