चीनको ‘जुवाघर मकाउ’ हो लात सेंगले समाल्ने

आइतवार, भदौ ८, २०७६



एजेन्सी । हङकङ र मकाउ चीनको दुई विशेष प्रशासनिक क्षेत्र रहँदै आएका छन ।
हङकङ लामो समय देखी अशान्त छ तर चीनको जुवाकेन्द्र मकाउ शान्त छ । चीनको जुवाकेन्द्र मकाउले आइतबार नयाँ नेतृत्व पाएको छ ।

हो लात सेंग आइतबार मकाउकाो मुख्य कार्यकारी प्रमुखमा निर्विरोध चुनिएका छन ।उनको चयनमा उपस्थित ४०० पदाधिकारी रहेको समिति रहेको थियो । जहाँ अधिक्तर पुरुष र चीन समर्थक मानिसहरु थिए । लगभग एक घण्टा चलेको समारोहमा ४ सय मध्य ३९२ भोट उनले प्राप्त गरेका थिए । ७ भोट खाली थियो । एक भोट अमान्य भएको थियो ।

उनको पूर्ववर्ती फर्नाण्डो चुई साइ पछि मकाउको जिम्मा हो सेंगले गर्ने छन ।
परिणाम घोषित हुनासाथ हो ले भने शहरको समृद्धि र सामाजिक स्थिरताको रक्षा गर्ने संकल्प मेरो काँधमा छ ।

मतदान अभ्यासपछि सम्बाददातासँग सम्मेलनमा भने, मुख्य कार्यारी अधिकारीले मकाउमा स्वतन्त्रता र अधिकारको कानूनी रुपमा संरक्षण गर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata