कल्पना तामाङको हिउँको आगो सार्वजनिक

मङ्लबार, चैत्र २६, २०७५



काठमाडौं । सोमबार राजधानीमा कल्पना तामाङको मुक्तक सङ्ग्रह ‘हिउँको आगो’ सार्वजनिक भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा ज्ञानुवाकर पौड्याल, निर्मोही व्यास, गोविन्द गिरी प्रेरणा, शितल गिरी, जीवन खत्री लगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।

पुस्तक माथि बोल्दै गजलमाली ज्ञानुवाकर पौड्यालले कल्पना तामाङ ठूलो सम्भावनाका साथ मुक्तक क्षेत्रमा आएको बताए । उनले भने, ‘नेपाली मुक्तकमा विकृति धेरै छ तर त्यसलाई चिर्न कल्पनाले सक्ने कुरामा म विश्वस्त छु किनकि उनका मुक्तकहरू सरल भएर पनि गम्भिर प्रकृतिमा छन् । यो ठूलो कुरा हो ।’

किताबमाथि बोल्दै गोविन्द गिरी प्रेरणाले सुन्दर मुक्तकको संङ्ग्रह नेपाली साहित्य आकाशमा आएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै साहित्यकार निर्मोही व्यासले पनि हिउँको आगो मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरू भिन्न, शक्तिशाली र राम्रो रहेको बताए ।

नियमित रुपमा साहित्यिक गतिविधी गर्दै आई रहेको मधुवन साहित्यिक प्रतिष्ठान, नेपालको प्रकाशन रहेको यो कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको प्रतिष्ठानका अध्यक्ष जीवन खत्रीले बताए । उनले भने, -‘यस अघि पनि हामीले विभिन्न कृतिहरू प्रकाशन गरीसकेका छौँ । यो तेर्हौ कृति हो ।’ कार्यक्रम उद्धघोषिका तथा प्रतिष्ठानकी सदस्य सजना वाईबाले यो सङ्ग्रह बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रतिष्ठानको अक्षयकोषमा जाने बताईन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata