चँगेज खाँन :२० बर्षमा संसार हल्लाउने युवा(भिडियोसहित)

शनिबार, माघ २९, २०७३

loading...


बिस बर्ष देखी युद्ध लडन सुरुवात गरेका चँगेज खाँनको जन्म मगोलियामा सन ११६२ मा भएको हो ।तात्कालिन समयमा ब्रीटिस साम्राज्य पछीको ठुलो मंगोल साम्राज्य बढाउने कार्यको अगुवाइ क्रुर स्वाभाबका चँगेज खाँनले गरे भन्ने इतिहास पढन पाइन्छ ।सन ११०० मा चीनबाट मंगोलिया पुगेका खाबुल खाँन चँगेज खाँनको बंशज हुन भन्ने मानिन्छ ।
 
आफ्ना पिताबाट “तेमुजिन” नाम पाएका चँगेज खाँन नौ बर्षका हुँदा उनका पितालाई प्रतिद्वन्दी टटार जातीको बिद्रोहीले खानामा बिष मिलाउँदै मारीदिए । जसका कारण नौ बर्षको उमेरमा नै कबिलाको सरदार बनाइए ।आफुलाई कबिला प्रमुख मान्न इन्कार गर्ने सौताने आमा र दाजुको बिरोध पछी सौताने दाजु  बेख्तरलाई तेजुमनले मारी दिए ।
khan१६ बर्षको उमेरमा बोर्ट नामक महिलासंग बिबाह गरेका  तेजुमनले २० बर्षको उमेरमा २०००० हजार  सेना बनाउँदै आफ्नो पिताको हत्यारा टटार कबिलाको सबै पुरुषलाई मारी दिए ।ततपश्चात ताइची सेनासंग युद्ध गर्दै बिजय प्राप्त गरे ।पक्राउ परेका ताइची कबिला सरदारलाई जिउँदै तातो तेलमा डुबाएर आफ्नो क्रुर स्वाभाबको परिचय दिए ।
 
दिन प्रतिदिन युद्धमा सफल तेजुमनले आफु जस्तै क्रुर स्वभाबको ८०००० हजार फौज निर्माण गरे । तीनै फौजले मंगोलियन भाषामा तेजुमनलाई “चँगेज खाँन” नाम राखी दिए । जसको अर्थ बिश्व बिजेता हुन्छ ।मंगोल सेनाले भगवाननै मान्ने चँगेज खाँन १२१९ मा २ लाख सेना लिएर ख्वारिज्म साम्राज्य माथी धावा बोली दिए । ख्वारिज्म साम्राज्यले आफ्नो दूतको टाउको काटेको बदलामा पाल्तु पशु , बच्चा , महिला र पुरुष कसैलाई पनि जिबित राखेनन ।राजा शाह मुहम्मद र उनका छोरालाई मार्दै ख्वारिज्म साम्राज्यको अन्त गरिदिए ।
 
सन १२२७ मा रहस्यमयी ढंगबाट उनको मृत्यु भएको पाइन्छ । गुप्त ढंगबाट गाडिएको उनको शब कसैले फेला नपारेको इतिहासले बताउँछ । उनको मृत्यु पछी पारिबारिक बिद्रोहको कारण मंगोल साम्राज्य टुक्रै टुक्रामा बिभाजीत हुँदै समाप्तीको बाटो पक्डेको पढन पाइन्छ ।

उनको बारेको विषेश भिडियो हेर्न 

1886 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!